झापा ।
नेपाल वायुसेवा निगमले वैशाख तेस्रो सातादेखि कतारमा नियमित उडान गर्ने जनाएको छ । निगमले एक सूचनामार्फत काठमाडौं–दोहा–काठमाडौं रुटमा सोमबार, बिहीबार र शनिबार गरी सातामा ४ उडान गर्न लागिएको जनाएको हो । दोहा उडान नियमित भएको अवस्थामा वैदेशिक रोजगारी आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।
निगमले मध्यपूर्वमा जारी असहज परिस्थिति र असुरक्षाका कारण यी उडान जुनसुकै समयमा रद्द हुन सक्ने पनि बताएको छ । मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएपछि नेपालबाट फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले आफ्नो नियमित उडान सुरु गरिसकेका छन् ।
ती एयरलाइन्सले हाल युएईका दुबई, शारजाह र आबुधाबी गन्तव्यमा उडान गरिरहेका छन् ।


















