बिर्तामोड  । 

नेपालको प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड ‘एथर  नेपालले झापाको बिर्तामोडमा नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतबार औपचारिक कार्यक्रमबीच बिर्तामोडस्थित नयाँ केन्द्र उद्घाटन गर्दै पूर्वी नेपालमा विद्युतीय सवारीको पहुँच विस्तार गर्ने योजना अघि सारेको हो ।

बिर्तामोडमा सञ्चालनमा आएको नयाँ केन्द्र भूर्तेल इनर्जी प्रा.लि. को डिलर व्यवस्थापनअन्तर्गत सञ्चालन गरिएको हो । कम्पनीका सञ्चालक अभिलेख भूतेलले बिर्तामोडमा एथरको आधिकारिक केन्द्र सञ्चालनमा आउनुले पूर्वी नेपालका ग्राहकलाई आधुनिक, स्मार्ट र भरपर्दो विद्युतीय स्कुटर सेवा सहज रूपमा उपलब्ध हुने बताए ।

उनका अनुसार एथरले नेपालभर विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने लक्ष्यसहित सेवा केन्द्र र चार्जिङ पूर्वाधारलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । “बिर्तामोडमा एक्सपिरियन्स सेन्टरसँगै आफ्नै सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याएका छौँ । यसले ग्राहकलाई बिक्रीपछिको सेवा, आवश्यक स्पेयर पाट्र्स र प्राविधिक सहयोग सहज बनाउनेछ,” भूतेलले जानकारी दिए ।

कम्पनीका अनुसार बिर्तामोड केन्द्र सञ्चालनमा आएपछि देशभर एथरका ११ वटा एक्सपिरियन्स सेन्टर पुगेका छन् । काठमाडौं उपत्यकामा पाँच वटा केन्द्र सञ्चालनमा छन् भने पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा कम्पनीले आफ्नो उपस्थिति विस्तार गरेको छ । यससँगै देशभर १० वटा आधिकारिक सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको कम्पनीले जनाएको छ ।

 नयाँ केन्द्रमा एथरका ‘एथर ४५० सिरिज’ तथा ‘एथर रिज्टा’ स्कुटर उपलब्ध गराइएको छ । कम्पनीका अनुसार एथर ४५० सिरिज उच्च प्रदर्शन, स्मार्ट प्रविधि र आधुनिक राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गरेर निर्माण गरिएको हो । यसमा गुगल म्याप्समा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ्टी प्रणाली, रिभर्स मोड, विभिन्न राइड मोड तथा टचस्क्रिन ड्यासबोर्डजस्ता सुविधा रहेका छन् ।

त्यसैगरी ‘एथर रिज्टा’ पारिवारिक तथा दैनिक प्रयोगलाई लक्षित गरेर डिजाइन गरिएको स्कुटर हो । ठूलो सिट, पर्याप्त सामान राख्न मिल्ने स्टोरेज क्षमता, ट्र्याक्सन कन्ट्रोल, चोरी तथा टो अलर्ट, ह्वाट्सएप सूचना प्रणाली तथा आरामदायी राइडिङ संरचनाका कारण यो स्कुटर दैनिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । कम्पनीले दुईपांग्रे विद्युतीय सवारी क्षेत्रमा सबैभन्दा लामो आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

बिर्तामोडस्थित नयाँ केन्द्रमा ग्राहकले स्कुटरको प्रत्यक्ष अवलोकन, परीक्षण सवारी, स्मार्ट प्रविधिबारे जानकारी, वित्तीय सुविधा, एक्सचेन्ज अफर तथा विद्युतीय सवारी स्वामित्व र चार्जिङसम्बन्धी परामर्श लिन सक्ने व्यवस्था गरिएको प्रालिका सलमान खानले जानकारी दिए ।

एथर नेपालले देशभर ‘एथर ग्रिड’ नामक तीव्र चार्जिङ पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । हाल नेपालभर ४० भन्दा बढी तीव्र चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । प्रदेश १ मा बढ्दो ग्राहकलाई लक्षित गर्दै बिर्तामोडको ‘थ्री डिग्री क्याफे’, धरानस्थित ‘सीएसई अफिस अटोमेसन’ तथा इटहरीको खेती खोलास्थित एथर एक्सपिरियन्स सेन्टरमा तीव्र चार्जिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा थप स्थानमा चार्जिङ स्टेशन विस्तार गर्ने योजना रहेको बताइएको छ ।

कम्पनीका अनुसार बिर्तामोड केन्द्र उद्घाटनको अवसरमा जेठ १७ गतेसम्म विशेष योजना लागू गरिएको छ । यसअन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा तथा अतिरिक्त एक्सचेन्ज मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन् ।नेपालमा एथर विद्युतीय दुईपांग्रे सवारीको आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रालिले स्वच्छ, दिगो तथा वातावरणमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यसहित ग्राहककेन्द्रित विद्युतीय सवारी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।