झापा ।
जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मोरङको बिराटनगर–६ घर भई हाल झापाको दमक नगरपालिका–८ बस्ने ३५ बर्षीय भोला भन्ने भगवानलाल राय पक्राउ परेका हुन् । उनी जेनजी आन्दोलन क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेर फरार रहँदै आएका थिए ।
राय गत भदौ २४ गतेको जेनजी आन्दोलन क्रममा हिरासत कक्षबाट भागेर फरार रहेको र उनलाई खोजतलाशकै क्रममा गएराति अन्दाजी ८ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीलेदमक–६ स्थित बसपार्कमा फेला पारी नियन्त्रणमा लिइएको थियो। उनके अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई २०८२।०५।१९ गते अन्दाजी साँझ ७ बजेको समयमा कमल गाउँपालिका–५ पाँडाजुगीबाट लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परी झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिएर ईलाका प्रहरी कार्यालय दमक झापाको हिरासत कक्षमा राखेर अनुसन्धान भईरहेको थियो । उनको साथबाट प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएको बताइएको छ ।


















