मंगलबारे ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.सेवा केन्द्र मंगलबारेको आयोजनामा उर्लावारी नगरपालिका–८ सीसौली टोलमा सदस्य शिक्षा तथा वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सिसौली सहारा महिला समूहका अध्यक्ष भिमा लिम्वु तिलिङले गरेकी थिइन् ।
वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराई संस्थाप्रति अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियोे साथै संस्थाको नियमानुसार समुह पदाधिकारी परिर्वतन गरी नया पदाधिकारी चयन गरिएको छ ।
कार्यक्रममा मंगलवारे सेवा केन्द्रका सहयोग समिति सदस्य ईन्द्र कुमार शेर्पा, सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना, कर्मचारी शेरबहादुर कटुवाल, उपस्थिती तथा सहजीकरण गरेका थिए । सेवा केन्द्रका फिल्ड कर्मचारी शेरवहादुर कटुवालले सञ्चालन गरेको कार्यक्रममा २० जना सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराउनु को साथै संस्था का सेवा सुविधा तथा सहकारीको विध्यमान अवस्था कानुनी विषयलाई सदस्य सामु जानकारी गराइएको थियो । साथै आगामी २ वर्षे अवधिका लागी नया पदाधिकारीमा समुह अध्यक्ष कविता ढकाल,समुह सचिवमा विनिता धिमाल, समुह नियन्त्रकमा गोमा धिमाल लाई पद हस्तानतरण गर्दै पुराना पदाधिकारीलाई विगतमा समुह सन्चालनमा पुर्याएको योगदान उच्च मुल्याङकन गर्दै मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरीएको थियो ।
बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो । कार्यक्रमका सहजकर्ताहरूले सदस्यहरुको संस्थाप्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रमका बारेमा सदस्यहरूलाई सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रस्ट पारेका थिए भने संस्थाका वचत सेवा ऋण सेवा रेमीटान्स सेवा मोवाईल वैकिक सेवाका वारेमा कर्मचारी शेरवहादुर कटुवालले प्रष्ट पारेका थिए । कार्यक्रममा सदस्यहरूले महिला लक्षित र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए ।

















