झापा ।

कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा  आज (शुक्रबार) विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रmान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ । चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।