झापा ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कचनकवल गाउँपालिका कमिटीको प्रथम एकता बैठक सम्पन्न भएको छ । पार्टीका पालिका संयोजक किरण लिम्बु अध्यक्षता आज (शुक्रवार) कार्यक्रmम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज बासु दुलाल, केन्द्रीय सदस्य डिल्लीराम घिमिरे (हिक्मत), केन्द्रीय सदस्य तथा जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन), केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक बीपी भट्टराईको बिशेष आतिथ्य रहेको थियो ।
यसैगरी प्रदेश कमिटीका सदस्य तथा निर्वाचन क्षेत्रका इन्चार्ज राम पोखरेल, प्रदेश कमिटीका सदस्य दीपक उप्रेती, पालिका इन्चार्ज सहञ्इन्चार्जलगायउउतको उपस्थिति रहेको युवा नेता बासु दुलालले जानकारी दिए ।
एकता बैठकले किरण लिम्बुको संयोजकत्वमा ४५ सदस्य गाउँ कमिटी निर्वाचित गरेको छ । कार्यक्रमममा सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रमाया श्रेष्ठले अब जनताको दुःख सुखमा आफू र सिंगो पार्टी सक्रिय हुने बताइन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ धारबाट पुर्नगठनको आवश्यकता रहेको औल्याइन् ।
बैठकमा केन्द्रीय जिल्ला सह–संयोजक बिपी भट्टराई, संयोजक पवन, केन्द्रीय सदस्य हिक्मत, जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य बासु दुलालले पनि शुभकामना मन्तव्य राखेको नेता दीपक उप्रेतीले जानकारी दिए ।


















