भद्रपुर ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भद्रपुर नगर कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर कमिटी संयोजक हंशधर राजवंशीको अध्यक्षता तथा पार्टीको केन्द्रीयका युवा नेता पोलिटब्युरो सदस्य अशेस घिमिरेको प्रमुख आतिथ्यमा आज (शनिवार) भद्रपुरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, केन्द्रीय सदस्य तथा जिल्ला सहञ्इन्चार्ज बासु दुलाल, केन्द्रीय सदस्य डिल्ली घिमिरे (हिक्मत) केन्द्रीय सदस्य तथा जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन), केन्द्रीय सदस्य तथा जिल्ला सह–संयोजक बीपी भट्टराईको बिशेष आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रममा प्रदेश कमिटी सदस्यहरुको पनि आतिथ्यता रहेको थियो ।
एकता बैठकले हंशधर राजवंशी संयोजकत्वमा ५१ सदस्यीय भद्रपुर नगर समिति गठन गरेको छ । बैठकमा जिल्ला संयोजक पवन, केन्द्रीय सदस्य हिक्मत, चन्द्रमाया श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि अशेष घिमिरेले पार्टीलाई नयाँ सिराबाट एकताबद्ध गर्नुपर्ने र सबै नेता कार्यकर्ताले रुपान्तरणको प्रक्रियामा लाग्नुपर्ने बताए । उनले युवा पुस्तालाई पार्टीमा समाहित गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै वर्तमान सरकार र प्रधानमन्त्री सोसल मिडियामा अतिरञ्जित कपोकल्पित भाष्य सृजना गर्दै नेपाली समाजलाई विभाजन गरी उदाएका बताए । उनले अहिले उनीहरूलाई त्यो भाष्यले संकट उत्पन्न भएको समेत बताएका छन् । कार्यक्रममा ठूलो संख्यामा स्थानीय पार्टी सदस्यहरूको उपस्थिति रहेको युवा नेता दिपक उप्रेतीले जानकारी दिए।


















