झापा ।
नेपाली कम्युनिस्ट पार्टी .नेकपा) झापा गाउँकमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। झापा गाउँपालिका–७ बुधबार आयोजित कार्यक्रममा गाउँ कमिटीको नयाँ नेतृत्वसमेत चयन गरिएको छ। कार्यक्रमले रुद्र बजगाईको संयोजकत्वमा ४५ सदस्यीय गाउँसमिति गठन गरेको छ। समितिको सह–संयोजकमा देवी अधिकारी, तेजनारायण राजवंशी, टीका बी, पूर्णबहादुर लिम्बू र टेकेन्द्र बराल चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजन कमिटीका सदस्य विजय साम्पाङ ‘मणि’ रहेका थिए। उनले नयाँ भनिएका राजनीतिक दल र तिनका सरकारले सुकुम्बासी, गरिब तथा निमुखा जनताको हितमा काम गर्न नसकेको आरोप लगाउदै देशको अबको राजनीतिक विकल्प नेपाली कम्युनिस्ट पार्टी भएको उनको दाबी गरे । त्यस्तै अल्गोरिदमको प्रयोग बाट उदाएका कथित नया भनिएका पार्टीहरुका पछाडी लाग्नु सट्टा आफ्नो गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमानपछिको शुनौलो भविष्य प्राप्तिको निम्ति क्षणिक असहज परिस्थितिको सामना गर्न समेत तयार रहन निर्देश दिए।
नवगठित गाउँसमितिको घोषणा प्रदेश सदस्य तथा झापा गाउँपालिका इन्चार्ज ज्यावुल हकले गरेका थिए। त्यसपछि प्रमुख अतिथि साम्पाङले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज वासु दुलाल, केन्द्रीय सदस्य तथा झापा जिल्ला संयोजक खड्ग तिम्सिना ‘पवन’, केन्द्रीय सदस्य तथा प्रदेश युवा तथा खेलकुद विभागका सह–इन्चार्ज गौरिमान राईलगायत प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका नेता–कार्यकर्ताको उपस्थिति थियो।
कार्यक्रममा गौरिमान राई, खड्ग तिम्सिना ‘पवन’, वासु दुलाललगायतले प्रशिक्षणात्मक तथा शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनताका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।गाउँसमिति संयोजक रुद्र बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रदेश सदस्य तथा गाउँ कमिटी सह इन्चार्ज ईश्वरि प्रसाद दाहालले र सञ्चालन जगतनाथ पौडेलले गरेका थिए।


















