- कृष्ण हुमागाँई
बिर्तामोड ।
नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनबाट हिन्दु, बौद्ध, किराँत, प्रकृति धर्म र सबै धर्मलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र नेपालको प्रस्ताव पास पारित भएको छ । गत साउन २९, ३० र ३१ गते काठमाडौको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्मेलन सम्पन्न भएको थियो ।
गतबर्ष भदौ २४ को अराजक उपद्रवमा सांघातिक हमलामा परि खुकुरी प्रहारबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै अँखा अगाडी आफ्नी जीवनसाथीलाई परपुरुषले लात्तै–लात्ताले निर्मम कुटपिट गर्दा आफू रगतपक्षे अवस्थामा श्रीमतीको दुरावस्था टुलुटुलु हेर्नू शिवाय केही गर्न नसक्ने अवस्था भोग्नु परेको थियो ।
मानवता, बिवेक, सहृदयी भावना किन हराउँदै जाँदैछ नेपालीहरुमा यस्तो पासविक बर्बर जंगलीयुगिन निकृष्ट घटनामा पनि मानिस कसरी रमाउन सक्छहोला ? परपीडकहरु रमाउँन सक्लान तर, मानव चेतानाले यस्तो अपराधमा खुसी हुन नसक्ने युवा नेता कृष्ण हुमागाँईले बताएका छन् ।
उनका अनुसार यस्तो पीडादायी घडीमा उपचार गराइरहेका सभापति देउवाले अस्पातालबाट डिस्चार्जसमेत हुन नपाई अहिले छोड, भरे छोड, तेरो अनुहार अब कसैले हेर्दैन भनेर थप पीडा दिने काम आफ्नै साथीबाट भएको छ । यी अनेक षडयन्त्रको सामना गर्दै आफ्ना र बिरानाले अनेक दुःख, पीडा खपेर लामो उपचारपपछि देउवा स्वदेश फिर्ती भएका छन् । उनको त्रिभुवन बिमानस्थलमा उत्रिएपछि स्वागतमा उपस्थित जन सागरले उनलाई पीडित बनाउने सबैले देखेका थिए । उनलाई बिमानस्थबाट पक्राउ गर्नुपर्छ भनेर चिच्याउने, कराउनेहरुको केहिसिप लागेन । त्यसैले उनिहरुने बिमानस्थल पुगेर आफुसँगै काम गरेको आफ्नो सभापतिको स्वागतमा उपस्थित हुने साहस देखाउन सकेनन् ।
देउवा नेपालको एयरपोर्ट प्रयोग गरेर उपचारमा बिदेश गएका थिए । त्यही बिमानस्थबाटै काठमाडौ आएका हुन् । उनलाई भाग्यो भनेर बदनाम गर्न खोज्ने आफ्ना–पराईले नेपाली जनतासामु झुट बोलिरहेका थिए । बिमानस्थबाट सुरक्षा जाँच गराएर भदौ २४ पछि चार चोटी आउजाउ गरिसकेको नेतालाई बदनाम गराउन पाउँदा क–कस्को इज्जत सम्मान ओहदा बढ्थ्यो, तर गरे । जीवनभर उनकै वरिपरि घुमीरहने र अनेक फाइदा लिनेहरुने पनि डेरा सारे डेरा चाहिँ अस्थायी हुन्छ । घर बनेका दिन कसैले म आफुले बनाएको घरमा बस्दिन, डेरामै बस्छु भन्दैन होला । अहिले देउवासँग केही छैन, दुःखमा साथ दिनेमा साहस धैर्य हुनुपर्छ । बलेको आगो ताप्ने त धेरै भेटिन्छ्न । तर, आफै मुढा जोडेर आगो बाल्ने र ताप्ने बिरलै हुन्छन् ।
तसर्थ हावाको बहावमा उड्ने भन्दा प्रतिकुल प्ररिस्थितिमा पनि अदम्य साहसका साथ उभिनसक्नु नै आफ्नो पहिचान हो । लर्का–सर्कामा सजिलो अबाटो त जोकोही हिड्छ । दुःखमा परेको बेला साथ दिने पो दिने त जता मल्खु उतै ढल्कु त हुन सकिएन ।
फेरीपनि मानिसले आफ्नो ब्रम्हले ठीक लागेको कुरा गर्ने हो । मन, मुटु, हृदय एकातीर अनि शरीर अर्कैतिर गरेर सन्तुष्टि मिल्छ होला र ? नेता हुमागाँईले प्रश्न गरे । उनले भने ‘तसर्थ जो जस्ले जता समर्थन गरेपनि पाइन्छ, लोकतन्त्रमा त्यता समर्थन गर्यो, यता गरेन भनेर विभेद गर्ने, गाली–गलौज गर्ने मान्छेमा प्रजातान्त्रिक चेत र संस्कारको बिकास भएको रहेनछ भनेर बुझौला ।, तिनलाई फरकमतको कदर बीपी कोइरालाले कसरी गर्नुहुन्थ्यो भनेर सुनाउदै जाउँला समयक्रमसँगै ।
पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका, प्रजातान्त्रिक आन्दोलनका क्रान्तियोद्धा देउवाले काठमाण्डु आएकैदिन भन्नुभयो राजा ज्ञानेन्द्रले सकेन, कोहि छ ? मलाई सक्ने ? कति दुखदिए बदमासहरुले हामी देखाउँछौं । शेर आखिर शेरै हुन्छ, स्याल हुँदैन । कम्ती बोल्ने तर संसदीय राजनीतिकका चतुर खेलाडी देउवाको नेपाल आगमनपछि देशको राजनीति नै तरङ्गित बनेको छ ।’
हेर्दै जाउँ नेपाली जनता र अदालतकाप्रति पूर्ण भरोसा राख्नु भएका देउवाले नेपाली कांग्रेस पार्टीलाई आफ्नै नेतृत्वमा एकतवद्ध बनाउने र पार्टी नफुटने संदेश दिनु भएर लोकतन्त्रमा बिश्वास राख्नेहरुको मन जित्नु भएको छ । नेता हुँमागाईले भने ।
झापाली गोमा भट्टराई, भगिरथ पोद्धार र युवा नेता हुमागाँईले पूर्व प्रधानमन्त्री देउवालाई अलगै भेटेर, केही सूचना र संदेश लिएर झापा फर्किएका छन् ।


















