‌भद्रपुर। 

जिल्ला प्रशासन कार्यालय झापाको सभा हलमा मंगलबार प्रतिनिधि सभाका सदस्य शम्भु सुस्केरा र प्रकाश पाठकको उपस्थितिमा ‌ कार्यालय प्रमुखहरू बीच अन्तरक्रिया सम्पन्न भएको छ ।‌ 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले ‌ सञ्चालन गरेको अनतरक्रियामा दुवै प्रतिनिधि सभाका सांसदले भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने‌ क्षति  न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार , नागरिकको गुनासो सुनुवाईको प्रभावकारी ‌व्यवस्थापन जस्ता विषयहरूमा कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराएका छन् । नागरिकलाई परिवर्तनको अनुभूति दिलाउनु वर्तमान सरकारको मुख्य प्राथमिकता भएकोले ‌ कर्मचारीतन्त्रले ‌ सोही अनुरूप ‌ आफ्नो ‌सोच, शैली र व्यवहारमा ‌ रूपान्तरण गर्नुपर्ने ‌ सांसदद्धयले  निर्देशन दिएका छन् । 

जिल्लाको समग्र शान्ति व्यवस्था तथा सेवा प्रवाहका विभिन्न मुद्दाहरूमा ‌भएको ‌ प्रगतिको ‌ संक्षिप्त ‌ प्रस्तुति दिदै ‌ प्रमुख जिल्ला अधिकारी ‌ श्रवणकुमार पोखरेलले ‌ डेलिभरी based  गभर्नेन्स ‌ प्रवर्द्धन गर्ने कार्यमा ‌ प्रशासनले ‌ कुनै कसर बाँकी नराख्ने गरी कार्य गरिरहेको ‌जानकारी गराएका थिए । आफू भर्खरै ‌ जिल्लाको ‌ प्रशासनिक नेतृत्वमा आएकोले नागरिकको ‌ सबै प्रकारका ‌ जायज गुनासोहरू ‌ सम्बोधनका लागि ‌ यथोचित ‌ कार्यक्रम सञ्चालनको लागि आवश्यक तयारी गरिरहेको धारणा राख्दै ‌ यस सम्बन्धमा ‌ गर्दै गरिएको तयारीको ‌ केही खाका समेत ‌उनले  प्रस्तुत गरेका थिए । 

अन्तरक्रियामा सांसदहरूले ‌ उठाएका मुख्य मुद्दा ‌सुकुम्बासी समस्या समाधानलाई ‌ केही समयभित्रै ‌ सकारात्मक नतिजातर्फ ‌ डोर्‍याउने गरी ‌ काम गर्ने ‌ प्रतिबद्धता व्यक्त गर्दै ‌ प्रमुख जिल्ला अधिकारी पोखरेलले थप जनशक्ति ‌व्यवस्थाका लागि सांसदहरू समक्ष ‌ अनुरोध समेत गरेका छन् ।  ‌

अन्तरक्रियामा भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक सम्बन्धी सबै आयोजनाका प्रमुखहरू, ठेकेदार कम्पनीका प्रतिनिधिहरूलगायत ‌ जिल्लाका मुख्य –मुख्य ‌विकास सम्बन्धी कार्यालयका प्रमुखहरू ‌उपस्थित रहेका थिए ।