झापा ।  

आज देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईसहित अन्य ठाउँको मौसम सफा नै रहनेछ ।

कोशी र बागमती प्रदेशको पहाडी एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।