झापा ।
स्पेनमा मुख्य श्रमिक सङ्गठनहरूले आवासको समस्या र बढ्दो महँगीलाई लिएर आह्वान गरेको आमहडतालमा हजारौँ मानिस सहभागी भएपछि बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
बीबीसीकाअनुसार राजधानी म्याड्रिडमा झण्डै एक लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए भने बार्सिलोनामा ५० हजारभन्दा धेरै मानिस सहभागी भए । सार्वजनिक भएका भिडियो अनुसार प्रदर्शनकारीले सडकमा आगजनी गरेका र पसलका सिसा फुटाएका छन् भने प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले प्रहरीलाई पटका प्रहार गर्नुका साथै लुटपाट पनि गरेका छन् । प्रहरीले दर्जनौँ मानिसलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनका कारण स्पेनभर धेरै प्रमुख सडकहरूमा यातायात ठप्प भएको थियो । साथै सार्वजनिक सेवामा पनि अवरोध भएको छ ।
म्याड्रिडमा ७० वर्षदेखि बस्दै आएकी ८७ वर्षीया मारिकार्मेन अबास्काललाई फ्ल्याटबाट निकालिएपछि व्यापक विरोध शुरु भएको थियो । केही हप्तापछि उनको अस्पतालमा ज्यान गएपछि विरोधमा आमहडतालको आह्वान गरिएको थियो ।
प्रतिक्रिया 0