बिर्तामोड ।
नेपाल पथ पार्टी देशभरका ७७ वटै जिल्लामा आफ्नो कार्यालय स्थापना गरेको छ । सोही क्रममा झापामा पनि सोमवार पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईले झापास्थित बिर्तामोडमा कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रसाईले हालका पार्टीमा देशले निकास नपाउने बताए । उनले आफ्नो पार्टीले नागरिकका हरेक एजेण्डालाई बोकेको भन्दै आगामी केही वर्षमा नै आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे ।
पार्टीका कोशी प्रदेश संयोजक प्रेम थापा मगरको अध्यक्षतामा भएको कार्याक्रममा पार्टीका वार्ता समिति संयोजक राजु आचार्य (अग्नी), कोशी अञ्चल सह–संयोजक मधुकर सिटौला, प्रचार–प्रसार विभाग संयोजक किशोर आचार्य, झापा जिल्ला अध्यक्ष प्रेमबहादुर घिमिरेसहित नगर तथा वडाका पार्टी प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका लुम्बनी संयोजक माधव कल्पितले गरेका थिए । सोही क्रममा विभिन्न पार्टी परित्याग गरी नेपाल पथ पार्टीमा प्रवेश गरेका थिए । उक्त पार्टीले आगामी फागुन–१ गते दमकमा आमसभा गरेर पार्टीको अधिकारीक घोषणा गर्ने बताइएको छ ।
प्रतिक्रिया 0