#उद्धव पुरी #

suvas

२०७७ चैत्र ११ गतेदेखि कोरोना भाइरस महामारी फैलिने  डरले नेपालमा पनि लकडाउन भयो । त्यतिवेला खासै नेपालमा कोरोना भाइरसले असर पुर्याउन सकेको थिइन । तर पनि अन्य मुलकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि नफैलियोस् भन्ने उदेश्यले निकै ‘टाइट’ लकडाउन भयो । मान्छेलाई आफ्नो घर बाहिरसम्म बस्ने अनुमति दिइएन । अतिआवश्यक काम वाहेका सम्पूर्ण कार्य बन्द गरियो । नेपाल प्रहरीलाई गाउँका चोक–चोक र घर–घरमा खटाइयो । अटेर गरेर वाहिर हिड्नेलाई कारवाही गरियो । धेरैले प्रहरीको कुटाई खाए । तर त्यस समय नेपालमा कोरोनाले खासै क्षति पुर्याउन सकेको थिएन । महिनौदिन लकडाउनपछि कोरोना भाईरस कम हुँदै गयो । त्यसपछि फेरी कलकारखाना, व्यवसाय, पसल, सवारी साधन खुले । बजार २०७७ चैत्र ११ गते अघिकै अवस्था पुग्न नपाउँदै कोरोना भाइरसको दोस्रो लहर शुरु भयो । 

binod pande

फेरी नेपाल सरकारले कोरोनाका कारण दोस्रो लकडाउन शुरु गर्यो । हप्ता १५ दिन पहिलाकै जस्तो ‘टाइट’ लकडाउन गर्यो । त्यसपछि देशभरका प्रशासनहरुले क्रमश निषेधाज्ञालाई खुकुलो पार्दै गए । कोरोना भाइरस यति नराम्री फैलिन थाल्यो जसले निकै ठूलो संख्यामा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या बढ्यो । तर, निषेधाज्ञा नाम मात्र हुन थाल्यो । ठूला–ठूला व्यवसायीले सटर बन्द गरेर भित्र–भित्रै आफ्नो व्यवसाय सञ्चालन गर्न पाइरहेका छन् । सामाग्रीको मूल्य पनि तोकेको मूल्य भन्दा वढीमा कारोवार गरिरहेका छन् । तर, त्यसको मार सर्वसाधारण तथा मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई परिरहेको छ । लामो लकडाउनसँगै चोरको विगविगी हुन थाल्यो । हाल झापा बिर्तामोडमा दैनिक चोरीका घटना हुने गरेका स्थानीय सञ्चार माध्यमहरुमा समाचार आइरहेका छन् । 

ganga & lila


यो एउटा समस्या अझ बढ्दै जाने देखिन्छ । महिनौदेखि भएको निषेधाज्ञाकै कारण चोरीका घटनामा बृद्धि भएको हुन सक्ने देखिन्छ । साथै कोरोना संक्रमित र मृत्यु हुनेका संख्या दैनिक वढिरहेको छ । तर, लकडाउन नामको मात्र छ । झापामा अहिले सवारीसाधन, हिडडुल गर्न, भित्र–भित्र व्यवसाय त पसल खोल्न निषेधाज्ञा खासै भएको पाइदैन ।

muna kuikel 

कि पूर्ण रुपले लकडाउन खोलियोस् ? कि पूर्ण रुपले बन्द गरियोस् ? भनेर सर्वसाधारणले सामाजिक सञ्जालमा आवाज समेत उठाउन थालिसकेको अवस्था छ । यस्तो अवस्थामा प्रशासनले  या त पूर्णरुपले निषेधाज्ञा खुलाउनु पर्यो वा पूर्ण रुपले निषेधाज्ञा गर्नु पर्ने देखिन्छ । यस्तै अवस्था रहे कोरोना भाइरस महामारी घट्नु सट्टा अझ महामारी फैलिने अवस्था नआउला भन्न सकिदैन ।  झापामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको छ ।