झापा । 

झापा बिर्तामोड नगरपालिका –९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका –८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका –६ घर भई हाल बिर्तामोड नगरापालिका –८ स्थितमा डीडीआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् । 

 बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोलीले उनीहरु दुवैलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्रामसहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।