झापा ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसिएमसीको बैठकले भदौ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएको भन्दै थप १० दिन निषेधाज्ञा लम्बाइएको बिहीबार वसेको वैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ।
त्यस्ता पसल बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गर्न पाइने भएको छ। होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेसमेत निर्णय भएको छ।


















