यतिबेला नेपालको कम्युनिष्ट आन्दोलन गम्भिर संकट, भयानक चुनौती र उज्वल सम्भावनाको बीचमा छ । झापा आन्दोलन २०४६को जन–आन्दोलन १० बर्षको महान जनयुद्ध , २०६२÷६३ को आन्दोलन, उत्पीडित जाती समुदाय र प्रगतिशील जनसमुदायको त्याग तपस्या र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई  के पि ओलिको नेतृत्वमा झन्नै झन्नै समाप्त पार्ने कोसिस गरियो । 

निश्चय नै राष्ट्रय आत्मसम्र्पणवाद ,दक्षिणपन्थ अवसरबाद, माफिया तथा कमिसनखोर र नक्कली तथा आडम्बरीको हातमा देशको नेतृत्व सुम्पदा आएको परिणामलाई यतिबेला क. प्रचन्ड र माधब नेपालहरुले राम्ररी अनुभूति गरेको हुनुपर्छ । 

यो बिचमा दुई ठुला कम्युनिष्ट पार्टीहरुको बिचमा भएको वा गरिएको पार्टी एकता के को निम्ति प्रयोग भयो या गरियो भन्ने कुरा घाम जस्तै छर्लङ्ग भयो । नेकपा बिभाजन गरिएको केही समयमा नै एमाले पनि बिभाजन भयो । खास गरी एमाले भित्र तीन धार या  समूह बिचमा गम्भीर मतभेद रहेको थियो ।  खास गरि दक्षीणपन्थ सम्सोधनवाद जस्को नेतृत्व केपि ओलिले गरेका थिए भने अर्को समूह मध्यपन्थ अवसरबाद जस्को नेतृत्व भिम रावल र दोस्रो पुस्ता भनिएकाहरुले गरेका थिए भने प्रगतिशिल र क्रान्तिकारी धारको नेतृत्व क माधब नेपाल र जे एन खनालहरुले गर्नु भएको थियो ।

बिभाजन अगाडि नै मध्यपन्थ खेमा सम्सोधनवाद  समूहसँग आत्मसमर्पण गरेर गयो र त्यहीँ बिलिन भयो, भने प्रगतिशिल क्रान्तिकारी समूहले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजबादी ) पार्टीको निर्माण गर्यो । पार्टीको स्थापना गर्नु नै महान कुरा होइन ,महान बिषय त त्यो पार्टीले देश र जनताको बर्गमुक्ती आन्दोलनको नेतृत्व गर्न सक्छ या सक्दैन भन्ने हो ?

prachanda, madhab, baburam, upendra

केपि ओलिको दासता अहंकार घमण्ड र म सबै थोक हु भन्ने दम्भको कारण थि–थिलो भएको क्रान्तिकारी धारको  एमाले जुनलाई बिद्रोह गर्दै दलाल तस्कर र कमिसन खोरहरुबाट पार्टीलाई बचाउँदै देशमा अहिले देखिएको बिकृती बिसङ्ति र कम्युनिष्टहरु प्रतिको जन बिकर्षणलाई चिर्दै  समाजबाद निर्माणको महान उदेश्य मा पुग्न क. माधब नेपालले समान बिचार र उदेश्य बोकेका  क्रान्तिकारी कम्युनिस्टहरु बिच तत्काल पार्टी एकता र सहकार्य गर्न पहिलो प्राथमिकता हो ।

क्रान्तिकारीहरुको अहिलेको टड्कारो राष्ट्रिय आवश्यकता कम्युनिष्ट समाजबादी केन्द्रको निर्माण गर्नु नै हो । क. माधब नेपाल नेतृत्वको समाजबादी प्रचण्ड नेतृत्वको  माओबादी केन्द्र तथा बाबुराम र उपेन्द्र नेतृत्वको समाजबादी पार्टी को बिचार उदेश्य कार्यक्रम मिल्दा जुल्दा छन् र यी तीन पार्टीको बिचमा  तत्काल पार्टी एकता हुन सक्ने ऐतिहासिक सम्भावना छ । देश ब्यापी रुपमा जनपरिचालन सहित जनतामा जानु पर्दछ ।

आफ्नो उदेश्य र कार्यक्रमले निराश जनता ‘जुन जोगि आए पनी कानै चिरेको’ भन्ने अवस्थामा रहेका जनतालाई कन्भिून्स गर्न सक्नु पर्दछ । केपि ओलिको प्रतिगामी र रास्ट्रघाती काम के के हुन् भन्ने  बारेमा जनतालाई प्रष्ट राख्नु पर्दछ । बिपन्न सुकुम्बासी मजदुर र किसानसहित उत्पीडित जाती र समुदायहरुको निम्ति गाँस बास कपाससहित स्वास्थ्य शिक्षा अनि रोजगारको  अधिकारलाई सुनिश्चित गर्न सक्नु पर्छ । यसो गरेको खन्डमा केपि ओलिले धोष्त पारेको कम्युनिष्ट आन्दोलनले नयाँ  गति लिनेछ , भने  भ्रम र गलत स्कुलिङमा रहेको ठूलो कार्यकर्ताको पङ्ती बृहत कम्युनिष्ट  पार्टीमा समाबेश हुनेछ , केपि प्रवृत्तिको अन्त्य नगरी समाजबाद निर्माण गर्न सकिँदै सकिदैन । यसर्थ तत्काल  कम्युनिष्ट समाजबादी केन्द्रको निर्माण गर्नु नै अहिलेका  प्रगतिशिल बामपन्थी र क्रान्तिकारी कम्युनिष्टहरुको मुख्य कार्यभार हो । भिषण चुनौतिको बिचमा नै अपार सम्भावना हुन्छन ।

त्यसैले जनताको चाहना देशको आवश्यकता अहिले नेपालमा  कम्युनिष्ट पार्टीहरुको बृहत समाजबादी केन्द्र  निर्माणका निम्ति लाग्न सबै  नेता कमरेड हरुलाई हार्दिक अनुरोधका साथै लाखौ लाख पार्टी सदस्य र सुभचिन्तक त्यही ऐतिहासिक दिनको प्रतीक्षामा हुनेछौ । जित जनताको नै हुनेछ ।  तथास्तु ।

लेखकः  नेकपा (माओबादी केन्द्र) झापाका सचिबालय सदस्य तथा बौद्धिक युबा नेता हुन् ।