झापा । 

झापा कमल गाउपालिका –४ चुलाचुलिमोडस्थित पुर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका –६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् ।

पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका –७ का ४२ बर्षीय सम्पतलाल धिमाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।