बिर्तामोड ।  

झापाका सामाजिक तथा स्थापित व्यवसायी विजय डालमिया नेपाल –भारत उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।  लामो समयदेखि झापामा उद्योग–व्यवसाय तथा सामाजिक क्षेत्रमा क्रियाशील काँकडभिट्टामा घर भएका डालमिया  महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा निर्वाचित  भएका हुन् ।

सधैं दिनदुःखीको सेवा तथा सामाजिक कार्यमा  लागिरहने उनलाई  महासंघले प्रदेश १ को सदस्यमा सर्वसम्मत चयन गरेको हो । 

मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका डालमियाको डालमिया पानी, हार्डवेयर पसललगायतका व्यवसाय सञ्चालन छन्  भने उनी विभिन्न  सामाजिक संघ÷संस्थामा आवद्ध रहेका छन् । उनी मेची अभियानका संयोजक पनि हुन् ।