राजु बराल

 चन्द्रगढी ।

झापाको भद्रपुर वडा नं.१० का अति बिपन्न तथा पिछडिएका कृषकहरुलाई लक्षित गरी दर्जन बढी गाई तथा बाच्छी वितरण गरिएको छ ।

गोलोक गोबर्धन गौशाला , शिवसताक्षीले उपलब्ध गराएका  गाई , बाच्छी भद्रपुर नगरपालिका वडा न १० द्वारा आयोजित कार्यक्रममा बितरण गरिएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेस्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वडा न १० का टोल विकास सस्थाहरुलार्इ  नगरपालिकाले कृषि औजारसमेत वितरण गरेको थियो । सोही अवसरमा कोभिड १९ को विषम अवस्थामा पनि अहोरात्र सेवा पुर्याएकोमा भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन हेल्थ असिस्टेन्ट मनोज भट्टराईलाई सम्मान गरिएको थियो ।

gai

सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठ , उपप्रमुख चन्द्रमाया श्रेष्ठ , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई , गोलोक गोबर्धन गौशालाका अध्यक्ष नन्द किशोर भारद्वाज , महासचिब घनश्याम अधिकारी र नेकपा एaमाले भद्रपुर नगर इन्चार्ज असारु राजवंशीले शुभकामना मन्तब्य राखेका थिए । 

भद्रपुर वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वडा सचिव मनकुमार डाँगीले सञ्चालन गरेको थिए । 

गाइबाच्छीको तस्वीर गुगलबाट