भद्रपुर । 

झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर –९ को २२ औं साधारण परिषद सभाको आज आइतबार भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । 

मुना सामुदायिक भवन देवकोटा चोकमा आयोजित परिषदसभाको गमलामा रोपेको विरुवामा पानी हालेर नगरप्रमुख श्रेष्ठले उद्घाटन गरेका हुन् । असोज ३ र ४ गते हुने दुई दिवसीय परिषद सभामा समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन समूहलाई कोभिड १९ ले भन्दा सरकारले गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेकोले ठूलो असर गरेको बताए । उनले वन समूहले यो कठिन अवस्थामा पनि सामाजिक उत्तरदायित्वसँगै समूहका सदस्यलक्षित कार्यक्रम सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको बताए । 

उद्रघाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपा एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष ब्रम्हलाल ढुङ्गाना, वन डिविजन कार्यालयका सब वन डिभिजन प्रमुख राजन राई, वन सल्लाहकार समितिका संयोजक विष्णु शिवाकोटी लगायतका वक्ताहरुले वन समितिले यस्तो अवस्थामा पनि महत्वपूर्ण काम गरेको उल्लेख गरे ।