झापा ।
झापाको दमक–१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडेलाई प्रहरीले पक्राउ परेका गरेको छ । दमक–१ मा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ बर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० बर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड–१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन् ।
यसैगरी गौरादह–५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका–४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक–७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन् । यस्तै बेलबारी –११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे –४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान–४ का ५७ बर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान–५ का ४२ बर्षीय नैनकुमार चौधरी र ग्रामथान–६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन् । जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


















