बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रगति समिक्षा तथा आ.ब. २०७८/७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकीकरण आज सोमवार गर्दैछ ।
नगरले आज नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य एकराज कार्की गरेका थिए । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पारेका थिए ।
दुई चरणमा हुने कार्यक्रमको पहिलो चरणमा नगरका शिक्षा शाखा, स्वास्थ्य, सामाजि, प्रशासनलगायत १३ वटा नगरका शाखाहरुको प्रगति विवरण प्ररस्तुत गरिने जनाइएको छ । त्यसैगरी कार्यक्रममा नगरपालिकालाई निशुल्क जग्गा दिएर सहयोग गर्नेलाई सम्मान तथा पुरस्कृत गर्ने र नगरका उत्कृष्ट शाखा तथा ब्यक्तिहरुलाई सम्मानको कार्यक्रमसमेत तय गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती भोजराज सिटौला, एमाले नगर अध्यक्ष उमानाथ ओली, माओबादी केन्द्रका युवराज दाहांल, राप्रपाकी रन्जु प्याकुरेललगायततको उपस्थिति रहेको छ ।
कार्यक्रममा पुस्तक सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको नगरका योजना शाखा प्रमुख जय तिम्सिनाले जानकारी दिएका छन् ।


















