- सुदिप गिरी
हल्दिवारी ।
झापाको हल्दिबारी गाउँपालिका –३ नम्वरमा निर्माण सम्पन्न भएको कार्यालय भवन असोज २५ गते उद्घाटन गरिने भनिए पनि विविध कारणले उद्घाटन नहुने भएको छ । भवनको असोज २५ गते उद्घाटन गरी नयाँ कार्यालय भवनबाट वडा कार्यालय सञ्चालन गरिने तयारी गरिएको थियो ।
विविध प्रबिधिक कारणले गर्दा दशैंको बिदापछि उद्घाटन गरिने वडा नम्बर ३ का सचिब तथा सूचना अधिकारी राजन खतिवडाले जानकारी दिएका छन् । उक्त ७२ लाख चोवालिस् हजार पाँच सय ३० रूपैयाँ दुई पैसाको लागतमा माँ शखडा भगवती कन्स्ट्रक्सन, सिराहाले निमार्ण गरेको हो ।
निर्माणसँगै वडाको सेवा प्रवाह चुस्त, सहज र सरल बन्ने बिश्वास रहेको वडा अध्यक्ष रोशन शिवाकोटीले जानकारी दिए । भवनमा ब्यवस्थित पार्किङ्ग समेत रहेको छ । कार्यालय भवनको पहिलो तल्लामा ५ वटा कोठाहरू रहेका छन् भने दोश्रो तलामा एउटा कोठा मात्र रहेको छ । भवनमा बैठककक्ष, वडाअध्यक्ष कक्ष, वडा सचिव कक्ष र जनप्रतिनिधिका कार्यकक्ष लगायतका कोठा छन् ।

आफ्नै भवन नहुँदा यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो । नवनिर्मित वडा कार्यालय भवन छेउमा नै आधारभूत उप–स्वास्थ्य चौकी समेत निमार्ण सम्पन्न भई तयार भएको छ । स्थानीय तह बनेपछिको पहिलो कार्यकालमै ३ नं.वडालाई चाहिने भौतिक संरचना वडा कार्यालय बनेकोमा वडाध्यक्ष शिवाकोटीले खुसी ब्यक्त गरे ।
‘अब दशै अगाडिनै बिधुत, ईन्टरनेट, खानेपानी, कार्यालयको होडिङ्ग बोड, नागरिक बडापत्र लगायतको बाकी काम सक्ने छौं वडा अध्यक्ष शिवाकोटीले भने ‘दशैं बिदा सकिए लगतै कार्यालय सर्ने तयारी गएका छौ ।’ ‘गाउँपालिका अध्यक्ष रबिन्द लिङ्देन, मसहित प्रबिधिक टोली साउन १० गते अनुगमनमा गएको थियौं’ स्थानीय जनक तामाङ भन्छन् ‘त्यहाँको अनुगमन गरेपछि लगानी अनुसारको भवनको गुणस्तर चित्त बुझ्दो छैन’।


















