• सुदिप गिरी 

हल्दिवारी । 

वर्षाका कारण धान खेतीमा ठुलो नोक्सानी भएको भन्दै हल्दिबारी गाउँपालिका वडा नं.१ ले वडाका किसान तथा अन्नबालीको अनुगमन शुरु गरेको छ । 

वडा अध्यक्ष त्रिलोचन सापकोटाले आफूसहित वडा सदस्यहरू, वडा सचिब र प्राबिधिक सहितको टोलीले क्षतिको अनुगमन भईरहेको जानकारी दिए। 

 वडा कार्यालयले गत कार्तिक २ गते कार्यालय स्तव्ध भएको तथा वडाको ध्यानाकर्षण भएको जनाएको थियो। काटेको धान खेतमै डुवेको,पाक्न नपाउँदै सबै ढलेको तथा पानी जमेकोले वडा कार्यालयले दुःख ब्यक्त गरेको थियो । वडाले क्षतिको विवरण संकलन गर्ने काम भईरहेको र राहतको लागि आफुले सम्बन्धित निकायमा जोडदार पहल गर्ने जानकारी गराईएको थियो ।

haldibari 4

वडा अध्यक्ष सापकोटाले भयावह अवस्था आएको भए आफुलाई सिधा सम्पर्क गर्न समेत वडावासीलाई आग्रह गरेका छन् । वडा अध्यक्ष सापकोटाले किसानलाई परेको दुःखका बेला आवश्यक सहयोग गर्न तथा आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन जति सक्दो चाडैं गरी वडा कार्यालयमा बुझाउन पिडित सर्बसाधारणलाई आग्रह गरेका छन् ।

यसवर्ष समयमै पानी परेकाले शतप्रतिशत खेतमा धान रोपाई भएको  सापकोटाको भनाई छ । सबै क्षति भएको जति क्षतिपूर्तिको ब्यवस्था त गर्न नसकिएला तर पनि किसानको आसु पुच्छनको लागि राहतको ब्यवस्था स्थानीय तहले गर्नुपर्ने हुन्छ । राहतको बिषयमा चाहिँ नगद दिनुभन्दा जग्गाको मालपोत कर छुट दिने र मल–खाद, उन्नत बिउबिजनसम्म निःशुल्क दिनु पर्छ स्थानीय तहले भन्ने उनको धारण रहेको छ र आफूले यो बिषय गाउँकार्यपालिकाको बैठकमा कुरा राख्ने उनले बताए।