- सुदिप गिरी
हल्दिबारी ।
गत असोज २४ गते शब्दपत्र अनलाइनले समाचार प्रकाशित गरेको थियो । हल्दिबारीका अधिकांश सडकको अबस्था यात्रा गरिसक्नु छैन। मुख्यतःशाखा सडकहरू बर्खायामको अत्यधिक पानी र भेलका कारण भत्किएका छन्। सडकमा ठाउँ ठाउँमा पानी जमेका कारण ठूल–ठूला खाल्डाखुल्डी भएको छ। त्यस समाचार बनाउदाका हल्दिबारी –३ का वडा अध्यक्ष रोशन शिवाकोटिसँग कुरा गर्दा आफू बाटोको बारे जानकार भएको तर तत्काल बाटो मर्मतको योजना नभएको बताएकी थिइन् ।
समाचार प्रभाव
त्यसै बिचमा दशैं आयो त्यसपछि लगत्तै लगातार वर्षाका कारण झन् काम हुने कुरै भएन अब त मौसम सफा भएको पनि ४÷५दिन हुँदासम्म पनि बाटो मर्मत गर्ने चेस्टा नदेखाएपछि बाटोको बिषयमा फलोअप गर्नै पर्ने बाध्यता भयो । सो बाटोको बिषयमा हल्दिबारी गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन, कल उठेन त्यसपछि गाउँपालिका उपाध्यक्षलाई सम्पर्क गर्दा भोली बुधबार बाटोको खाल्डोमा ग्राबेल हालेर बाटो शुचारू गराउने आश्वासन दिए ।
उनले भने ‘एम्बुलेन्स, स्कुल बस लगायतका सबै ठूला सवारी साधन चल्न नै बन्द भएको छ, भोली सम्ममा बाटो शुचारू गराउँछु, ३ नं. वडाबाट गाउँपालिका जाने मुख्य बाटोनै यहीँ हो, ऐनाबारीबाट भद्रपुर जाने मुख्य सडक हो । ’ उनका अनुसार यसरी सामान्य मर्मत सम्भार गर्दा सञ्चालन हुन सक्ने सडक समयमा मर्मत नगरिदिदा हजारौं स्थानीय यात्रुहरूले ३ महिना दुःख सास्ती खप्नु परेको छ। आखिर किन एउटा बाटोको खाल्डा पुर्न जनप्रतिनिधिले चासो देखाएनन् । जबकि एउटा खाल्डो पुर्दा यो बाटो सञ्चालनमा आउने थियो यो सोचनिय बिषय रहेको छ।


















