- सुदिप गिरी
हल्दिबारी ।
झापा जिल्ला हल्दिबारी गाउँपालिका वडा नं.– ५ को प्रशासनिक भवन (वडा कार्यालय) ५४ लाख ७० हजार छ सय ५३ रूपैयाँ १२ पैसाको लागतमा बन्ने भएको छ।
उक्त भवन इलाम देउमाई नगरपालिका–४ को गजुरेल एण्ड गौतम निर्माण सेवा पाँच कोठे एक तले भवन निर्माण २०७९ जेष्ठ १ गते भित्रमा काम सम्पन्न गर्ने गरी मिति २०७८ बैशाख छ गते हल्दिबारी गाउँपालिकासंग भवन निर्माण सम्झौता गरेको थियो। निर्माण आरम्भ गरे देखिनै कामले निरन्तरता पाईरहेको छ ।
संझौतापछि थालिएको भवन निर्माणको कार्य बर्षायाममा समेत खासै रोकिएको छैन । हाल जग पिलरको काम सकेर ईटा जोडाईको काम धमाधम भईरहेको छ। ठेकेदारले आगामी फाल्गुनसम्ममा काम सम्पन्न गर्ने जानकारी दिएको वडा सचिब भजन संग्रौलाले बताएका छन् ।
कामको गति हेर्दा समयमै सकिन्छ भन्ने बिश्वास रहेको हल्दिबारी गाउँपालिका वडा नं.५ झापाका वडा सचिब तथा सूचना अधिकारी भजन संग्रौला बताए ।



















