- सुदिप गिरी
हल्दिबारी ।
झापा हल्दिबारी गाउँपालिका –५ ले बेमौसमी हावाहुरी र वर्षाको कारण धान लगायत अन्य अन्नबालीमा भएको क्षतिको बिवरण सार्वजनिक गरेको छ।
एकहजार ५ घरधुरी रहेको वडा नम्बर ५ मा ५ सय ७८ घर परिवाले लगाएको धान तथा अन्नबाली क्षति भएको बिवरण संकलन गरिएको जनाइएको छ।
जनप्रतिनिधि, कर्मचारी र प्राबिधिकसहितको टोलीले स्थलगत अनुगमन गरी तयार पारेको क्षतिको बिवरणको तथ्याङ्क सार्वजनिक गरेको हो ।
अनुगमन टोलीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धान लगाएको क्षेत्रफल ४ सय २० बिघा (२८०हेक्टर) मध्ये पूर्ण क्षति भएको क्षेत्रफल ७–१८–१०बिघा हो छ । त्यस्तै आंशिक क्षति भएको क्षेत्रफल ११०–१६–१९ बिघा छ भने सामान्य क्षति १२९–७–५ बिघा हो। जम्मा क्षति २ सय ४८ बिघा (१६५.३३हेक्टर) मा पुगेको छ ।
यो क्षति ५९.०४ प्रतिशत हो। वडाको सम्पूर्ण तथ्याङ्क संकलन गरी हल्दिबारी गाउँपालिका समक्ष पेश गरेको वडा सचिव तथा सूचना अधिकारी भजन संग्रोलाले जानकारी दिए । उनका अनुसार अनुसार वडामा निम्न आय स्तरका गरिब किसानको बाहुल्यता रहेको छ।अधिकांशको आफ्नो खेत छैन अर्काको खेतिमा धानबाली लगाएका छन् ।
उनीहरूको वर्ष दिन खाने अन्नबालीनै नस्ट भएकाले जती सक्दो छिटो सम्वधित निकायले राहत तथा किसानलाई सौलियत दिन आवश्यक रहेकोउनले बताए ।


















