- सुदिप गिरी
हल्दिबारी ।
हल्दिबारी गाउँपालिका वडा नम्वर १ ले बेमौसमी हावाहुरी र वर्षाको कारण धान लगायत अन्य अन्नबालीमा भएको क्षतिको बिवरण सार्वजनिक गरेको छ।
करिब एक हजार ९ सय घरधुरी रहेको वडामा १ हजार १ सय ५ घर परिवारले लगाएको धान तथा अन्नबालीमा क्षति भएको बिवरणको तथ्याङ्कको संकलन गरी सार्वजनिक गरेको हो । जनप्रतिनिधि, कर्मचारी, प्राबिधिक र प्रहरीसहितको टोलीले स्थलगत अनुगमन गरी तयार पारेको क्षतिको बिवरणको तथ्याङ्क सार्वजनिक गरिएको हो।
अनुगमन टोलीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धान लगाएको क्षेत्रफल ११०७–१५–१०(७३९हेक्टर) मध्ये पूर्ण क्षति भएको क्षेत्रफल ५४०–०६–१३ बिघा रहेको छ । त्यस्तै आंशिक क्षति भएको क्षेत्रफल १४७–०२–०० बिघा छ भने सामान्य क्षति १२–७–०० बिघा हो। जम्मा क्षति ६९९–१४–१३ बिघा (४६७ हेक्टर) मा पुगेको छ । उक्तको क्षति प्रतिशत ६३.१५ हो।
वडाको सम्पूर्ण तथ्याङ्क संकलन गरी हल्दिबारी गाउँपालिका समक्ष पेश गरिसकिएको छ। किसान तोया बास्कोटाले लगाएको च्याउ खेती पनि क्षती पुगेको छ। प्रहरी रिपोर्ट अनुसार करिब १० लाख को क्षती भएको जानकारी प्राप्त भएको छ। कृषि उधमी कविराज नेपालले लगाएको नगदे बाली टमटर ५०० बोट, फर्सी १००, खोर्सानी १२ सय बाटोमा वर्षाका कारण क्षती पुगेको छ। यो वडाले गाउँपालिको पाँचै वडा मध्ये सबैभन्दा धेरै घरधुरीको तथ्यांक संकलन गरेको हो ।
सबैभन्दा धेरै क्षति यसै वडामा भएको छ। ‘चार दिन म आफैं फिल्डमा अनुगमनमा निस्के कर्मचारी, प्रहरी तथा सबैले सहयोग गर्नु भयो अहोरात्र खटेर सत्य, तथ्य विवरण आउनुपर्छ भन्ने ठाने बिचरा गरिब कृषकको वर्ष दिनको कमाई नास भएको हुँदा उनीहरूलाई स्थानीय तह भएको आवास गराउन तत्कालीन केही गर्नु पर्छ भन्ने लागेर गाउँ कार्यपालिकाको बैठकमा आफैंले जग्गाको मालपोत कर छुट दिने र मल–खाद, उन्नत बिउबिजनसम्म निःशुल्क दिनेगरीको तत्कालीन राहत घोषणा गर्ने प्रस्ताव समेत राखेको छु।’ वडा अध्यक्ष त्रिलोचन सापकोटाले भने।


















