बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि झापाको बिर्तामोड –३ का समाजसेवी तथा धार्मिक ब्यक्तितत्व
महेन्द्र पोखरेल र पवित्रा पोखरेलले आफ्नो छोरा सुरज किरणको जन्मोत्सवको अवसरमा १३ हजार ५ सय ११ रुपैंया सहयोग गरेका छन् ।
श्रीमती पवित्रा तथा छोरा सुजन किरणले मङ्लबार एक संक्षिप्त कार्यक्रमकाबिच उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष केशब भट्टराईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । पोखरेलले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी पत्रकारको दिगो विकासमा केहि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरिएको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको उपाध्यक्ष भट्टराईले जनाएका छन् । कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको उनले बताए । कोषमा हालसम्म झण्डै ५० लाख रुपैयाँ हाराहारीमा रकम जम्मा भइसकेको जनाईएको छ ।


















