गोलधाप । 

झापा हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापमा स्थानीयबासीको विरोधलाई वेवास्ता गर्दै सञ्चालन गरेको नमुना इटाभट्टाका संचालकले स्थानीय सरकारलाई समेत नटेरेको पाईएको छ । झापाको हल्दिबारी गाँउपालिकाकोे न्यायिक समितिलाई नमुना ईँटाभट्टाका संचालकले नटेरेको पाईएको हो ।

स्थानीयको उजुरीपछि मंगलबार तत्काल ईटाभट्टा संचालन नगर्नु भनेर दिएको आदेशको संचालकले खिल्ली उडाउदै बुधबार बिहानै देखी भट्टा सञ्चाललन गरिरहेका छन् । साविकको चारपाने ३ मा दर्ता भएको इटाभट्टाका संचालकले स्थानीय वडा कार्यपालिकासँगको मिलेमतोमा हल्दिबारी १ गोलधापमा पुनः भट्टा सञ्चालन गरेको स्थानीयले आरोप लगाएका छन् । 

मानव स्वास्थ्य र बातावरणमा समेत  प्रत्यक्ष असर पर्न थालेपछि १ सय २२ जनाले हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा असोज २० गते लिखित उजुरी गरेका थिए । स्थानीयले भट्टा संचालक दिनेश चापागाईँ र बिरबल योङहाङ (लिम्बू) लाई विपक्षी बनाई उजुरी गरेपछि हल्दिबारी गाँउपालिकाले 

स्थानीयबासिन्दाले गएको असोज २० गते स्थानीय हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए । गाउँपालिकाले १ महिनापछि भट्टा संचालन नगर्न संचालकलाई लिखित आदेश दिएको थियो। गाउँपालिकाको सूचना शाखाका अनुसार मङ्गलवार नमुना इटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईको नाममा पत्र पठाउँदै भट्टा तत्काल रोक्न आदेश दिएको थियो । 

सो आदेशमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीयले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज बन्द गर्न आदेश दिएको थियो । तर , न्यायिक समितिले दिएको आदेशलाई संचालकले अटेर र बेवास्ता गर्दै भट्टा संचालन गरिरहेका छन् । 

स्थानीयको निवेदनपछि इटाभट्टा संचालन गर्न रोक लगाइएको हल्दिबारी गाँउपालिकाका उपाध्यक्ष समेत रहेका न्यायिक समितिका संयोजक डम्बरबहादुर गिरीले बताए । गाउँपालिकाको पत्र पाएपछि पनि उद्योग संचालनमा रहेको पाईए प्रहरी लगाएर संचालकलाई पक्राउ गरिने उपाध्यक्ष गिरीले बताए ।

फाइल तस्वीर