- सुदिप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं.१ ले वडा भित्र स्थायी बसोबास भएका दलित तथा अति बिपन्न घरपरिवारलाई बिद्युतिय चुलो र सोलार वितरण गर्ने भएको छ ।
वडा कार्यालयले वडा भित्र स्थायी बसोबास गर्दै आएका दलित तथा अति बिपन्न घरपरिवारलाई वडाको २ लाख रुपैयाँ बजेटबाट बिद्युतिय चूलो ५८ थान र गाउँपालिकाको बिशेष अनुदानबाट प्राप्त भएको भुसे चुलो १७ थान र सोलार बत्ति ८ थान बितरण गर्न लागेको हो । तिनै सामाग्रीहरू बितरण गर्न लागेको जनाइएको छ।
सामाग्री लिनका लागि सम्बन्धित ब्यक्तिहरूले नागरिकताको प्रतिलिपी, स्थायी बसोबास खुल्ने कागजात र निबेदनसहित वडा कार्यालयमा सम्पर्क राख्न वडाले सूचना प्रकाशित गरेको छ ।
सो निवेदन मध्ये दलित र अति बिपन्नलाई प्राथमिकतामा राखेर सामाग्री बितरण गरिने साथै सामाग्री निःशुल्क दिईने कार्यक्रम रहेको वडाअध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । यो कार्यक्रम हल्दिबारी गाउँपालिकामै पहिलो पटक हल्दिबारी १ नं. शुरु गरेको हो ।



















