• सुदिप गिरी 

हल्दिबारी 

हल्दिबारी ४ स्थित पाथिभरा सिहंदेबी धार्मिक तथा पर्यटकीय क्षेत्रमा वर्षेनि हुँदै आएको छठ पूजा तयारी पूरा भएको छ।स्थानीय तहमै छठपूजा समिति बनाएर भव्य रुपमा मनाउने हल्दिबारी गाउँपालिकाको यो मुख्य स्थान हो ।

२०४१ सालमा जलथल गाउँ पञ्चायतका उप–प्रधानपञ्च रामकुमार राजवंशीको खाडीमा तीन घरधुरीले छठ पूजा गर्दै शुरू गरेको जलथलको यो छठ पूजा बिस्तारै बडाबारी बजारको सेरोफेरोमा रहेका तलाउ, पोखरी, खोल्सी खोलामा पूजा गर्ने थालियो ।

२०६८ देखि पाथिभरा सिहंदेबी धार्मिक तथा पर्यटकीय स्थलमा त्रिपाल टाँगी कुपी बत्तीको सहारामा स्थानीय समाबेशी समाजको प्रत्यक्ष उपस्थिति एवम् सहकार्यमा छठ पूजन कार्यलाई ब्यवस्थित गर्ने प्रयास गर्दै २०७३ सालमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम मेला महोत्सव रोटेपिङ्गसहित भब्यरूपमा आयोजना भएको थियो। २०७५ मा समेत यसै अनुरूप निरन्तरता दिईयो।

h chat1

२०७६ साल राष्ट्रियस्तरका कलाकारहरूको समेत प्रस्तुतिसहित  अझ भब्य छठ पूजन कार्यक्रम तथा मेलाको तीव्रता दिईयो ।२०७७मा भने कोभिड महामारीका कारण सामान्य पूजा अर्चना मात्र गरिएको थियो । यस वर्ष २०७८ सालमा पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित छठ पूजन महोत्सबलाई आयोजना गर्ने लक्ष्य लिएको थियो ।

नेपालको एक मात्र छठि मन्दिर स्थापना तथा मुर्ति पुजन गरिने यो क्षेत्रलाई हल्दिबारी गाउँपालिकाद्वारा  केलब दश हजार सहयोग मात्र पाएको कारण सोचे जस्तो कार्यक्रम गर्न असमर्थ भएको र यस वर्ष पूजा आरधनामै सिमित हुने भएको छ। हल्दिबारी गाउँपालिकाको छुट्टै पहिचान र अस्तित्वलाई उजागर गर्न लागी परेका मधेसी सांस्कृतिक समुदाय बिशेषत छठपूजन कार्यक्रमलाई आवश्यक बजेट विनियोजन नगरी उपेक्षा गर्दिदा हल्दिबारीका ब्रतालुहरूलाई निराश बनाउने काम पालिकाले गरेको र आफ्नो पहिचान, पर्व,  संस्कति ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन्।

सामान्य रूपमा भएपनि छठ पूजाअर्चनाका  लागि श्री पाथिभरा छठ पूजा उपसमिति घाट ब्यबस्थापनमा लागेको छ। समितिले छठ पूजालाई व्यवस्थित गर्नका लागि स्वाथ्य मापदण्ड अपनाएर नदी किनार सरसफाई गरेर पूजास्थल तयार गर्न लगाएका छन् । 

h3

झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अदुवा र  रतुवा लगायतका नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपाली वृहत तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो । छठ माताको मन्दिरको किनारमा उत्तरतर्फ पूजास्थल बनाइएको छ।

यसपटक सयौंको संख्यामा छठका ब्रतालुहरुले सामूहिक रुपमा नदीमा बुधबार बेलुका अस्ताउँदो सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छैठीदेवीको पूजा गर्नेछन् । कोभिड १९ को संक्रमण अझै रहिरहेको हुँदा दसैं, तिहारमा जस्तै छठ पर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको श्री पाथिभरा छठ पूजा उपसमितिका सचिब नितेश शाहले बताए ।

उनका अनुसार अहिले पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले छठ पर्व मनाउँदै आइरहेका छन्। हल्दिबारीको पुरानो ऐतिहासिक यस छठिमाताको मन्दिर यहाँका ब्रतालु भक्तहरू र विभिन्न ठाउँबाट हेर्ने भक्तजन समेत आउने गरेकाले यसको हल्दिबारीमा  छुट्टै महत्त्व र पहिचान रहेको हल्दिबारी वडा नं. ४ का वडाअध्यक्ष होम चुडाल बताउँछन्।​