हल्दिबारी ।
हल्दिबारी गाउँपालिका वडा नं. २ ले अति विपन्न सात घर परिवारलाई ७ वटा सोलार र सुकुम्बासी मजदुर १८ घर परिवारलाई आधुनिक चुलो वितरण गरेको छ ।
हल्दिबारी –२ ले गाउँपालिकाले उपलब्ध गराएको उक्त सोलार र चुलो शुक्रबार वितरण गरेको हो । त्यसैगरी गाउँपालिका वडा नं. २ ले गत बर्षको कार्यक्रम अन्र्तगत ३ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री र यस बर्षको कार्यक्रम अन्र्तगत ७ लाख रुपैयाँ बराबरको बिद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
वडा नं. २ मा रहेका ५ वटा सरकारी बिद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र योङहाङले बताए ।
हल्दिबारी– का राष्ट्रिय एकता मावि, नव सिर्जना प्राबि, जनता प्रावि, हल्दिबारी माबि र सरस्वती आबिका कक्षा–५ सम्मका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

५ वटै बिद्यालयका कक्षा नर्सरीदेखि १, २ र ३ सम्मका बिद्यार्थीलाई १० बटा कपि, एक दर्जन पेन्सिल, एक दर्जन कलर पेन्सिल, एक प्याकेट इरेजर त्यस्तै कक्षा ४ र ५ का बिद्यार्थीलाई ८ वटा कपी, एक दर्जन पेन्सिल, एक प्याकेट इरेजर, ज्यामिति बक्सलगायतका सामाग्री वितरण गरिएको वडा सदस्य खकेन राजवंशीले जानकारी दिए ।
त्यसैगरी यस बर्षको कार्यक्रम अन्र्तगत ५ वटै बिद्यालयका नर्सरीदेखि कक्षा–५ सम्मका बिद्यार्थीलाई बिद्यालयको पोशाक वितरण गरिएको वडा अध्यक्ष योङहाङले जानकारी दिए । उक्त शैक्षिक सामाग्री बिद्यालयलाई हस्तान्तरण गरि बिद्यालय मार्फत बिद्यार्थीलाई प्रदान गरिने जनाइएको छ । देशकै सामुदायिक बिद्यालय मध्ये पहिलो कक्षा–१२ सम्म निःशुल्क गर्ने गाउँपालिका हल्दिबारी भएको वडा अध्यक्ष योङहाङले बताएका छन् ।


















