झापा ।

झापा दमक नगरपालिका– ४ को रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –६ का ६६ बर्षीय विश्वराज पराजुली,  झापा बुद्धशान्ती गाउँपालिका –३ का ४५ बर्षीय सोनी तामाङ,  होटल संचालक दमक नगरपालिकाण् ४ का ४७ बर्षीय शेरवहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र  दमक नगरपालिका –९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको  प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५० एक बुङ ताससहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।