विर्तामोड ।
निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।
संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै पदभार सम्हालेका हुन् ।
मंसिर २२ गते भएको निर्वाचनबाट निर्वाचित कार्य समितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।


















