जलथल । 

झापाको हल्दिबारी गाउँपालिकाले प्रत्येक वडामा पशुपंछीमा लाग्ने महामारी रोगका लागि अभियान थालेको छ । गाउँपालिकाका प्रत्येक वडा मार्फत सर्वसाधारणले पालेका गाई, भैंसी, बाख्रा, वंगुर, कुखुरालाई लाग्ने विभिन्न रोगको खोप लगाउने निःशुल्क अभियान सुरु गरेको हो । 

त्यस कार्यक्रम अन्तरगत गाउँपालिका वडा नं.३ ले पनि पशुपंछीको खोप अभियान सञ्चालन गर्दै आएका छन् । गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरामा लाग्ने माहामारी खोरेत, भ्यागुते, चरचरे, पीपीआर, स्वाइन फिवर जस्ता रोगहरू बिरूद्व  निःशुल्क खोप लगाउने कार्यक्रम २१ गतेबाट सुरू गरेको छ ।

वडा नं. ३ ले सर्वसाधारणलाई पायक पर्ने स्थान, मिति र समय र पशुपंछीका लागि खोप लगाउने ब्यवस्था मिलाएको हो । पुस महिनाको मसान्तसम्म अभियान सञ्चालन हुने वडा नं.३ का पशु प्राबिधिक प्रफुल मण्डलले बताए । 

पुस २१ देखि सुरु भएको अभियान वडा नं. ३ मा पुस २७ गतेसम्म सञ्चालन हुने मण्डलले जानकारी दिए । २१ गतेदेखि प्रत्येक तोकिएको स्थानमा प्रत्येक दिन दुई देखि ३ स्थानसम्म गरेर खोप लगाइने अभियान रहेको जनाइएको छ । 

कृषि फर्म र कृषक समूहको सामुहिक फर्मलाई खोप लगाउन पहिलो प्राथमिकतामा दिईने जनाइएको छ । गाउँपालिकाले खोप नलगाएका पशुको विमामा छुट नदिने  वडा नं. ३ का सूचना अधिकारी तथा वडा सचिब राजन खतिवडाले जानकारी दिएका छन् ।