- प्रकाश उप्रेती
मेचीनगर ।
आगो निभाउने क्रममा ज्यान गुमाएका झापा मेचीनगर–८ का सरद राजबंशीको परिवारलाई नेकपा माओवादी केन्द्र मेचीनगरले सहयोग जुटाएको छ ।
१२औ पुन्य तिथिमा राजवंशी समाज विकास समिति झापाको पहलमा माओवादी केन्द्रले नगद ७ हजार ५ सय र खाद्यान्न सामाग्री पीडित परिवारलाई प्रदान गरेको हो ।
सोही क्रममा राजवंशी समाज विकास समितिले नगद ८ हजार ५ सय रुपैयाँ मृतक राजवंशीको छोरिलाई हस्तान्तरण गरेको राजवंशी समाज विकास जिल्ला कार्य समिति सचिव मुनिलाल राजवंशीले जानकारी दिए । मेचीनगर–७ पिपलचोकस्थित केशव पाठकको घरमा गत पुस २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका सरद राजवंशीको सोही घरको सिलिन्डर ग्यास पड्कीएर मृत्यु भएको थियो ।
आर्थिक अबस्था कमजोर रहेको मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ । त्यस क्रममा माओवादी केन्द्र मेचीगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए । पीडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवंशी समाज विकास समितिले जोडदार माग गरेको सचिव मुनिलाल राजवंशीले जानकारी दिए ।
कार्यक्रममा उत्तम राजवंशी, नन्दलाल राजवंशी, मेचीनगर समितिका सल्लाहकार सदस्य हिरामोहन राजवंशी, नगर समितिका सचिव सुकलाल राजवंशी, कोषाध्यक्ष मिना राजवंशी, मेचीनगर–१४ का अध्यक्ष सुशील राजवंशी, मेची नगरपालिकाका इन्जिनियर प्रदिप राजवंशी, ओभरसियर सुजित राजवंशीलगायतको उपस्थिती रहेको थियो ।


















