बिर्तामोड ।
झापाको बाह्रदशी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी उपशाखालाई एम्बूलेन्स उपलब्ध गराएको छ । गाउँपालिकाले उपशाखालाई उपलब्ध गराएको ११ लाख रकमबाट खरिद गरिएको एम्बूलेन्सको चावी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष राजवंशीले हस्तान्तरण गरेको एक्बूलेन्सको चावी सभापति ढकालले उपशाखाका सभापति दयानन्द गोस्वामीलाई प्रदान गरे । उपशाखा सभापति गोस्वामीलाई चावी हस्तान्तरण गरेसँगै अब बाह्रदशी रेडक्रसमा पनि एम्बूलेन्स सेवा उपलब्ध भएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका जिल्ला सभापति ढकाल, उपशाखा सभापति गोस्वामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


















