हल्दिबारी ।
झापाको हल्दीवारी गाउँपालिकाले बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको अनुदानमा समन्वयमा गहुँ उत्पादन प्रवर्द्वन कार्यक्रममा साना सिँचाइ (मोटर वोरिङ्ग) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आर्थिक बर्ष २०७८;०७९ मा गाउँपालिकालाई प्राप्त शशर्त अनुदान अन्तर्गत ५० प्रतिशत गहुँको बीउ वितरणमा सहभागी भएका ईच्छुक कृषक ,कृषक समूह,सहकारीले फाल्गुन ३ गते भित्र हल्दीबारी गाउँपालिकाको कृषि बिकास शाखामा निबेदन दिन सक्ने जनाइएको छ ।
निवेदनका साथमा नेपाली नागरिकको प्रतिलिपी, जग्गा धनीपुर्जाको प्रतिलिपी, सम्बधित वडा कार्यालयको सिफारिस (कृषक समूह वा सहकारीको हकमा समूह दर्ता प्रमाणपत्रको प्रतिलिपी र निर्णयको प्रतिलिपी) सहित प्रस्ताव गर्न सकिने कृषि बिकास शाखा प्रमुख छबिलाल गुरूङले बताए ।
कार्यक्रमका लागि कृषकले वोरिङ्ग गरी मोटर जडानका लागि लागत योजना बमोजिम सम्झौता गरी काम सम्पन्न गर्नुपर्ने उनले बताए । उक्त कार्यक्रम अन्र्तगत १२ वटा बोरिङ प्रदान गरिने त्यसका लागि ९ लाख रुपैयाँ कार्ययोजना भएको उनले बताए ।
कृषकले गहुँ लगाएको ठाउँमा बोरिङ जडान गरेपछि प्राविधिकले अनुगमन गर्ने र त्यसपछि लागतको एकजना कृषकलाई अधितम ७५ हजार रुपैयाँ सम्म उपलब्ध गराउने गुरुङले बताए । कृषकको १५ प्रतिशत र संरक्षण केन्द्रको ८५ प्रतिशत लगानीमा सिंचाई अन्र्तगत बोरिङ जडान गरिने उनले बताए ।


















