बिर्तामोड । 

निजीस्तरको सफल जीवन विमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले एकजना पत्रकारसहित तीनजनालाई सम्मान गरेको छ ।

कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों  वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार  डेढ  दशकदेखि झापालाई कर्मथलो बनाई पत्रकारिता गरिरहेका एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता एंवम साझा अनलाइन खबरका  सम्पादक  सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो । 

नेपाल विमा क्षेत्रको प्रबद्र्धन र विकास एवंम नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर गर्दै न्यौपानेलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । साथै सोहि अवसरमा पत्रकार न्यौपानेसहित  अन्वेशककर्ता तथा अभियानकर्मी सन्तोष घिमिरे तथा समाजसेवी गोमा अधिकारी खतिवडालाई सम्मान गरेको हो । 

कम्पनीका प्रदेश नम्बर १ का प्रमुख व्यवसाय अधिकृत विमलकुमार वाग्ले, एरिया ब्रान्च मेनेजर  उत्तम कोइराला लगायतले  उनीहरुलाई दोसल्ला र ढाका टोपी पहिर्याई सम्मानपत्र प्रदान गरेका थिए ।

 कार्यक्रममा प्रमुख अतिथि वाग्ले, सम्मानित ब्यक्ति  न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।