•  बासु दुलाल

 यतिबेला देशभर बाम एकता कि बाम लोकतान्त्रिक गठबन्धन भन्ने  तातो र गर्मागर्मी बहस छ । माओबादी केन्द्र र एमालेको एकीकरणबाट  बनेको  नेकपा  बिभाजित  भैसकेपछि देशमा ओली प्रबृतिलाई परास्त गर्न  काँग्रेस नेतृत्वमा बाम लोकतान्त्रिक गठबन्धन बनेको छ र सरकार सञ्चालन गरिरहेको छ  । गत बैशाखमा सम्पन्न  स्थानीयतह निर्वाचनको परिणामले पनि देशलाई प्रतिगमनबाट जोगाउन, राष्ट्रिय स्वाधीनतालाई  जोगाउन, केपी ओली प्रवृत्तिबाट कम्युनिष्ट आन्दोलनलाई बचाउन पनि यो गठबन्धन आवश्यक छ भन्ने मत जबर्जस्त स्थापित भैसकेको छ । नेपालको बाम राजनैतिक बृतमा पनि करिब करिब अहिले   दुईथरी  मतहरु  प्रकट भएका छन । एकथरी बाम बुद्धिजीवीहरु  एमालेसहितको बाम एकताको चर्को वकालत गर्छन, भने अर्कोथरी बाम  बुद्धिजीवीहरुले एमाले बाहेकको  बाम शक्तिको एकताको कुरा गर्छन् । यसरी समग्रमा अहिले तीन थरी मतहरु, तर्कहरु सतहमा छन् ।

  • १) काग्रेस सहितको अहिलेको बाम लोकतान्त्रिक गठबन्धन ।
  • २) एमाले बाहेकको बाम एकता या समाजबादी केन्द्र या मोर्चा निर्माण
  • ३) एमाले सहितको बाम एकता वा गठबन्धन ।

यी मत र तर्क या  बिचारहरुको गहिराईमा या अन्तर्यमा पुगेर अध्ययन गर्दा हामी देशभक्त ,राष्ट्रबादी, क्रान्तिकारी र समाजबादी मुल्य मान्यतासहित संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको वकालत गर्ने सबै नागरिकहरु  एमाले बाहेकका सबै बाम शक्तिहरुको एकताबाट क्रान्तिकारी  समाजबादी पार्टी निर्माण गरि निर्वाचनमा जानु उपयुक्त हुन्छ भन्ने निश्कर्षमा पुग्न पर्दछ । अहिले देश र  जनताको भावना सम्बोधन हुने गरि चाँडो भन्दा चाँडो समाजबादी केन्द्रको निर्माणमा आ–आफ्नो तर्फबाट सकेको  योगदान सबै बाम बुद्धिजीवी तथा नेताकार्यकर्ताले दिनु पर्दछ ।

खासगरी  एमाले बाहेकका कम्युनिष्ट एकताको औचित्य र आवश्यकता किन हो के का लागि हो ? भन्ने महत्वपूर्ण प्रश्नको जवाफ हामीले जनतालाई दिनु पर्दछ  ।

  • म बुँदागत  रुपमा बिषयहरु राख्न चाहान्छु ।

१) कांग्रेस गठबन्धन गरिरहँदा जनतालाई प्रसस्त भ्रमहरु सृजना हुने कुरा हामीले गत स्थानिय तहको निर्वाचनबाट बुझेका छौं । प्राबिधिक रुपमा चुनाब चिन्नको अप्ठेरोे र कांग्रसी मतदाताहरुले कम्युनिष्ट पार्टीका उमेदवारलाई मतदान गर्न गार्हो मान्ने मात्र होइन मत जाहेर नगर्ने कुरा छर्लङ भयो । ५÷६ वटा पार्टीहरुको गठबन्धन हँुदा उम्मेद्बार वा पार्टीहरुको चुनाब चिन्न  चिनाउन सकस हुने मतदाता झुक्किने र मत बदर हुने तितो अनुभव पनि हामीले लिइनैसकेका छौ ।

२) एमालेसँग माओबादी केन्द्र वा एकीकृत समाजबादीले तालमेल वा गठबन्धन गरे ओली लाइनले अन्तर्घात अवश्य गर्नेछन् ।  किनकी ओलीलाई प्रचण्ड र माधब नेपाललाई कुनैपनि हालतमा केन्द्रीय राजनितिबाट सिध्याउन पाए हुन्थो भन्ने छ ।

३) ओली भ्रमको राजनीति गर्न माहिर छन् । जे बोल्दा आफुलाई फाइदा पुग्छ त्यो बोल्ने र जसो गर्दा जनता भ्रममा पर्छन् उनले उसै गर्ने कुरा हामीले  भनिरहनु वा लेखिरहनु पर्दैन ।

४) नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट पुनर्निर्माण÷ पुनर्गठन गर्न तत्काल समाजबादी केन्द्र निर्माण गर्नुपर्दछ ।

५) खास गरि माओबादी केन्द्र र एकीकृत समाजबादीलाई काँग्रेसको पिछलागु भन्ने आरोपलाई खण्डन गर्न पनि प्रचण्ड र माधब नेपालले समाजबादी केन्द्र निर्माणको निर्णय गर्नु पर्दछ ।

६)  एमाले अब कम्युनिष्ट बिचार आदर्शमा आधारित पार्टी होइन र छैन तर भ्रममा रहेका  एमाले भित्रका हजारौ कम्युनिष्ट नेता कार्यकर्ताहरुलाई विशाल समाजबादी केन्द्रमा फर्काउन र ओली प्रवृत्तिको अन्त्य गर्न पनि समाजबादी केन्द्र निर्माण ढिलो भैसक्यो ।

७) कांग्रेससँगको गठबन्धन र एमालसँगको गठबन्धन  दुबैखाले गठबन्धनले  हामीलाई समाजबादको बाटोमा पुर्याउन नसक्ने  यथार्थतालाई हामीले गम्भीर रुपमा बुझ्नुपर्छ । किनकी हिजो एमाले सिङ्गो एकतामा झन्डै दुइतिहाईको सरकार ओली आफैले विगठन गरे । संविधानलाई मिच्ने र च्यात्ने काम गरे । जनतामा कम्युनिष्टहरुले पनि के नै गर्दा रहेछन्  भन्ने भावनाको बिकास भयो भने कांग्रेससँगको  गठबन्धनमा त अहिले पनि सरकार चलिरहेको  नै छ । तर, आम रुपमा जनता यो सरकारसँग बेखुसी नै छन् ।

समग्रमा र निश्कर्षमा हामी यो भन्न सक्छौ कि नेकपा (माओबादी केन्द्र ), एकीकृत समाजबादी, डा. बाबुराम भट्टराईको समाजबादी पार्टी र बामदेब गौतमको एकता अभियान पार्टीले चुनाबबाट चुनाबसम्म मात्र सोच्ने होइन यो देश निर्माणको जिम्मा लिन सक्ने जनताको भावना बुझ्न सक्न्ने प्रकारको पार्टी निर्माण गर्न आँट गर्नुपर्छ ।  आगामी संघ र प्रदेशको चुनाबमा त्रिपक्ष  प्रतिस्पर्धा गर्दै बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउने र अब गल्ति नदोहो¥याउने प्रण गरि  हाम्रो पुस्तालाई समाजबादी केन्द्र हस्तान्तरण गर्न पर्दछ । त्यसको निम्ति प्रचण्ड, माधब, बाबुराम र बामदेबहरुले  हिम्मत आँट गर्नै पर्दछ ।

त्यसो हुन सके नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ गति लिने छ भने विश्व कम्युनिष्ट आन्दोलनले नेपाल बाट २१ औ सधिमा कम्युनिष्ट आन्दोलनको  नेपाली मोडेल अनुसरण गर्ने छ । हामीले यो ब्यवस्था प्राप्त गर्न आँसु, रगत र पसिना, कति बगाएका छांै ?  जनताले बगाएको आँसु ,रगत र पसिनाको एक, एक हिसाब प्रचण्ड र माधबहरुले जनतालाई बुजाउनै पर्दछ ।  किनकी नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी र परिबर्तनशिल नेतृत्व तपाईंहरु नै हो ।  फेरि पनि ओलीको जाल र सेटिङ  देउबाको आश्वसनमा फसेर अर्को कुनै निर्णयमा पुग्नु भो भने त्यो भन्दा अर्को दुर्भाग्य नेपाल र नेपालीको  नहुन सक्छ ।  त्यसकारण ढिलो नगरी एमाले बाहेकको बामपन्थी पार्टीहरुको एकता गरि  बृहद समाजबादी केन्द्र निर्माण गर्दै आगामी दिनको बाटो तय गरौ समाजबादसम्म अवश्य पुगिने छ । सबैलाइ चेतना भया ।।

  • समाजबादी केन्द्र निर्माण गरौ !
  • समाजबादको बाटो निर्माण गरौ !

लाल सलाम ।

लेखक माओबादी केन्द्र झापाका  नेता हुन् ।