झापा ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था हर्कटे सेवा केन्द्रले सूर्योदय नगरपालिका –७ स्थित आम्बी इलाममा रहेको पद्मा आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सेवा केन्द्रले उक्त बिद्यालयका कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका ५७ जना बिद्यार्थीलाई कापी, डटपेन, पेन्सिल जस्ता शैक्षिक सामाग्री वितरण गरेको सेवा केन्द्रका सहायक सुशिल सापकोटाले जानकारी दिएका हुन् ।
सापकोटाका अनुसार करिव १२ हजार रुपैयाँ मूल्य बराबरको शैक्षिक सामाग्री बितरण गरिएको छ । सेवाकेन्द्र प्रमुख प्रतिमा गड्तौलाले शैक्षिक सामाग्री वितरण गरेकी थिइन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदनकुमार राईको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर खड्काको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक अर्जुन बान्तवा राई, सेवा केन्द्रका बजार सहायक कर्मचारी टिका लाप्चालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक निलकण्ठ पोख्रेलले गरेका थिए ।


















