धुलाबारी ।

 थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् । सहकारीको शनिवार भएको आठौ साधारणसभाले उनको नेतृत्वमा चार बर्षे कालकार्यका लागि १० सदस्यीय समिति चयन छ ।

समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका हुन् । एक जना सदस्य भने समितिको पहिलोपटक मनोनित गर्ने जनाइएको छ ।

समितिका सदस्यहरुमा इन्दिरा राउत, करुवा राजवंशी, गंगामाया लिम्बू, ललिता तामाङ, जय रोका रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा इश्वरा चालौगाई, सदस्यमा पुष्पा भण्डारी र धनकुमारी तामाङलाई चयन गरिएको छ ।