बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीवार बजारको सामुदायिक भवनमा मुख्य कार्यालय रहेको पाण्डप बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । 

संस्थाले सोमवार (आज) बिर्तामोड–१ स्थित अतिथिसदन छेउमा सेवा केन्द्र स्थापना गरी उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्रको उद्घाटन उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ का सदस्य बलराम कार्कीले गरेका थिए ।

स्वागत संस्थाकी लेखापाल भिमा भट्टराईले गरेको कार्यक्रममा समाजसेबी काजी चौहान, गोबिन्द कार्की, संस्थाका सल्लाहकार इन्द्रमणि पौडेल, देबीमाया घिमिरेलगायतको आतिथ्य रहेको थियो । 

हाल संस्थामा एकहजार २५ जना शेयर सदस्य र शेयरपुँजी एक करोड ४ लाख रुपैयाँ रहेको संस्थाका अध्यक्ष घलेले जानकारी दिएका छन् । उद्य्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सह–सचिव अर्जुनमणि निरौलाले गरेका थिए ।