बुधवारे । 

झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष पुष्पप्रसाद रिजालको अध्यक्षतामा भएको साधारणसभामा बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्य रहेको थियो । 

साधारणसभामा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान गरिएको थियो । समाजसेवी यामनाथ विमली, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक बचत कर्ता पवित्रा भट्टराई, कौशिला भट्टराई, विष्णुमाया कट्टेल, टंकमाया रिजाल, कृष्ण बहादुर कुमाल, मणीराम तामाङ र मणिकुमार राईलाई दोसल्ला, ढाका टोपी र नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै नियमित ऋण भुक्तानी गर्ने शेयर सदस्य यमुना अधिकारी, यमुना अधिकारी, धनराज राई, सर्वज्ञ खतिवडा र नरेन्द्र प्रधान प्रमाण पत्र र मायाको चिनोसहित सम्मानित भएका छन् । असल बचतकर्ताको रुपमा शिव खतिवडा, लेखनाथ निरौला, द्रौपदा मगर, मोहन प्रधानलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ को एसइइ परीक्षामा शेयर सदस्यको छोराछोरी मध्ये निजी विद्यालय तर्फबाट उत्कृष्ट अंक ल्याउने दिपास्ना मैनालीलाई प्रमाण पत्र र नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट वर्ष कर्मचारीका रुपमा कार्यालय सहायक अनिता मैनालीलाई पनि सम्मान गरिएको थियो । संस्थाको कुल पुँजी ६ करोड ६८ लाख पुगीसकेको छ भने  संस्थाले गत आर्थिक वर्षमा ३५ लाख ३२ हजार १ सय ६० रुपैँया खुद नाफा गर्न सफल भएको जनाइएको छ ।