भद्रपुर । 

झापाको अग्रणी सहकारी संस्थाहरु मध्येको एक विर्तामोड–४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारणसभाको इकाईगत भेला मंगलबारदेखि शुरु गरेको छ । संस्थाले सदरमुकाम भद्रपुरबाट १२ औं साधारणसभा शुरु गरेको हो । 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले सञ्चालन गरेको साधारणसभामा स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले संस्थाको सम्रग अवस्थाको बारेमा जानकारी दिएका थिए ।

आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ. व. ०७८/०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको वस्नेतको भनाइ थियो । समारोहमा अध्यक्ष भट्टराईले संस्थाको आ. व. ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

झापा, मोरङ र इलामममा गरी ४७ वेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तयि तथा सामाजिक सेवा पुर्याइरहेको संस्थाले क्षेत्रगत रुपमा इकाईस्तरीय साधारणसभा सम्पनन गर्दै प्रतिनिधि छनोट गर्दै असोज २९ गते विर्तामोडमा अन्तिम साधारणसभा सम्पन्न गरी माइन्यूट प्रमाणीकरण गर्ने कार्यतालिका रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।