बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारणसभा बिहीवार (आज) बिर्तामोडमा सम्पन्न गरेको छ । इकाइगत साधारणसभा मार्फत प्रतिनिधि छनौट गरी संस्थाले आज बिर्तामोडमा माइन्यूट प्रमाणिकरण गरी साधारणसभा सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सह–सचिव कृष्ण मिश्रको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष भिमबहादुर थापाले गरेको कार्यक्रममा प्रमुख अतिथि मिश्र, श्री सुनकोशी साकोसका अध्यक्ष गंगाराम ओडारी, शिवशक्ति साकोसका अध्यक्ष तथा पूर्व झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा ब्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए । 

त्यस्तै संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले संस्थाको बार्षिक नीति तथा कार्यक्रम साथै बजेट प्रस्तुत गरेको कार्यक्रममा लेखा संयोजक ज्ञानेन्द्रप्रसाद पाखरेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाका अध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा शेयर सदस्य ८ हजार ८९ जना, शेयरपुँजी २ करोड २ लाख ८८ हजार ४ सय, कुल निक्षेप संकलन १९ करोड ३७ लाख ११ हजार १९१ रुपैयाँ २४ पैसा, कुल ऋण लगानी २० करोड ७६ लाख ६४ हजार १०७ रुपैयाँ ८ पैसा, संस्थाको जगेडा तथा अन्य बिभिन्न कोषहरुमा जम्मा १ करोड ९ लाख ५६ हजार ५२५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा करकट्टिअघिको कुल मुनाफा २७ लाख १३ हजार ६३५ रुपैयाँ ५१ पैसा गर्न सफल भएको अध्यक्ष कार्कीको प्रतिवेदनमा उल्लेख छ । 

उक्त मुनाफा अघिल्लो बर्षको तुलनामा ७.२० प्रतिशतले बृद्धि भएको जनाइएको छ । कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईको समेत उपस्थिति रहेको थियो । संस्थाको चाँडै नयाँ सञ्चालन समिति चयन हुने जनाइएको छ । 

ramjanaki