बिर्तामोड ।  

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन चौध घर परिवारलाई  खाद्यान्न बितरण गरेको छ ।दशैको मुखमा खाद्यान्न नभएको र आर्थिक अवस्था पनि राम्रो नभएपछि दृष्टि बिहिन परिवारले अभियानलाई सहयोगको लागि आग्रह गरेका थिए । 

सोही क्रममा अभियन्ता गणेश डुङानाले सहयोगी मनहरुलाई हात फैलाएका थिए । बिर्तामोडका सामाजिक ब्याक्तित्व विवेक प्रसाई, अनुराग सिन्हा, रामेश्वर मन्डल, उत्तर राजवंशी, भगवान शिवाकोटी, दिपक शाह, बिरु थापा लगायतबाट संकलित सहयोगप्रति परिवार तीस केजी चामल, दाल, नुन र खाने तेल हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि कनकाई एजुकेसन फाउन्डेसन बिर्तामोडका संचालक शिक्षासेवी जय नारायण ढुङ्गानाबाट दशैको टीका प्रदान गर्दै सागशब्जी खरिदका लागि जनही पाँच सयका दरले सात हजार नगद हस्तान्तरण गर्दै बिजय दशमी, शुभ दिपावली तथा छ्ठ पर्वको  शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा अतिथि नेत्रहिन झापाका पूर्व अध्यक्ष दोर्णराज निरौला, संगीतकार कृष्ण योन्जन, दाता भगवान शिवाकोटी, विवेक प्रसाईं, अनुराग सिन्हा, रामेश्वर मन्डल लगायतले सराहनीय कार्यप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । 

सामाजिक अभियन्ता गणेश ढुङ्गानाको अध्यक्षता भएको कार्यक्रममा स्वागत सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए भने कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।