हल्दिबारी । 

झापाको हल्दिबारीका युवा ‘गलत कार्यको खबरदारी हल्दिबारीका सचेत नागरिकको जिम्मेवारी’ भन्ने मुल नाराका साथ गाउँपालिका भरका युवाहरू समेटेर समृद्ध हल्दिबारी अभियान सञ्चालन गर्ने समिति गठन गरेका छन् ।

सर्वसम्मत समितिका चयन भएको समितिको अध्यक्षमा होमनाथ अधिकारी, उपाध्यक्षमा प्रतिक्षा तोलाङ्गी, अनुप सासंखर, सचिबमा सरोज मेचे, कोषाध्यक्ष सुर्भिला राजवंशी चयन भएका छन् । 

त्यसैगरी सदस्यमा सन्दिप गुरूङ, जिना अधिकारी, नवीन शिवाकोटी, नविन सुनुवार मुखिया, बिमला बदेवा, अनिष कटेल चयन भएका छन् । अभियान कुनैपनि राजनीतिक दलको भातृ संगठन नभएको तथा सबैको साझा भएको बताइएको छ । 

हल्दिबारीमा सबै क्षेत्रमा भएको ब्यथिति, अनियमितता, भ्रष्ट्राचारमा सूधार ल्याउने गतिविधि र सुधारको पहल गर्ने, सामाजिक कार्यमा सबैलाई सहभागी गराउन पहल गतिविधि गर्ने, बालमैत्री, युवामैत्री, अपांगमैत्री, बृद्व बृद्वामैत्री गाउँपालिका निर्माणका लागि भुमिका निबार्ह गर्ने, समय सापेक्ष अभिमुखिकरण तालिम तथा कार्यक्रम गर्ने, आन्तरिक पर्यटन तथा खेलकुद बिकासमा पहल कदमी गर्ने, धार्मिक स्थलहरू, स्थानीय सांस्कृति, भेषभुषा, भाषा, संस्कार र नैतिक शिक्षाको बिकास तथा संरक्षण र प्रर्बधन गर्न मद्दत गर्ने उदेश्य रहेको समितिका सचिब अनुप सासंखरले बताएका छन् ।